बाबुराम भट्टराई दिल्ली जाँदै

आइतबार, ९ फागुन, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली जाने भएका छन् ।

आज उनी नेपाल वायुसेवाको जहाजबाट दिल्ली जान लागेका हुन् ।  उनको पेटमा लामो समयदेखि समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गर्दै आएका थिए । चिकित्सकहरूले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरेकाले उनीहरूकै सिफारिसमा दिल्ली जान लागेको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भट्टराईका  प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए । 

दिल्लीमा इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उनकाे उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनी  त्यहाँस्थित नेपालको दूतावासमा बस्ने जनाइएकाे छ ।  उनीसँगै पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र  प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्ली जाने भएका छन् । 

सुझावित समाचार