प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट डेढ दर्जन वकिलले जवाफी बहसमा भाग लिएका छन् । अब भोलिदेखि एमिकस क्युरीमा रहेका पाँचजनाले आफ्नो राख्न राख्नेछन् ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले फैसला दिनेछ ।