प्रचण्ड–माधव समूहलाई टोपबहादुरले दिए तीन विकल्प (भिडियोसहित)

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाखमा निर्वाचन हुने दाबी गरेका छन् । ओली समूहले बुटवलमा आयोजना गरेको सभालाई शनिबार सम्बोधन गर्दै रायमाझीले वैशाख १७ र २७ मा निर्वाचन हुने दाबी गरेका हुन् । 

उनले नेकपा प्रचण्ड–माधव समूहलाई तीन विकल्पसमेत दिएका छन् । केपी ओलीको हस्ताक्षर लिएर सूर्य चिह्नमा निर्वाचनमा भाग लिने, पार्टीबाट चोइटिएर बाहिर जाने वा बहिष्कार गरेर मोहन वैद्यसँग जानुपर्ने विकल्प रहेको रायमाझीले बताए ।

सुझावित समाचार