सहिदकाे रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको छ : प्रचण्ड (भिडियोसहित)

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ सहिदले बलिदानी गरेर  लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सिर्नजा भएको बताएका हुन् । 

उनले भने ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौँ सहिदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको वेला पनि छ । यस्तो वेलामा तपाईहरूले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्त्व नेपालको इतिहासमा रहिरहनेछ भन्ने म ठान्छु । र, यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’

जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरूको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए ।  युद्धकालीन समयमा योगदान पुर्याएका व्यक्तित्रा्राााा्र बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैज्ञानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरिको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए । अध्यक्ष प्रचण्डले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफूले लिएको बताए ।

See More On

सुझावित समाचार