झलनाथ खनाल दिल्ली प्रस्थान, राजनीतिक भेटघाट नगर्ने

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्  ।

खनाल नियमित स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन्। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

खनाल दिल्लीमा चार दिन रहनेछन् । लामो समयदेखि बिरामी रहेका उनको उपचारका लागि दिल्ली गइरहनुपर्ने भए पनि कोरोना महामारीका कारण उनी जान नपाएको र अहिले सहज भएपछि गएको रिजालले जानकारी दिए । दिल्लीमा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको रिजालले बताए ।

सुझावित समाचार