कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
पौडेलले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्र्सना गर्दछु । बिनासर्त रिहा गरियोस् !’