सरकारका प्रवक्ताको दाबी– ओली नेतृत्वको पार्टी नै आधिकारिक, आयोगले आफ्नै निर्णय उल्ट्याउन सक्दैन (भिडियोसहित)

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै आधिकारिक भएको दाबी गरेका छन् । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई नबुझीकन दाबी गरेको उनको जिकिर छ ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी ओलीलाई मात्रै चिनेको भन्दै उनले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए । ओली नेतृत्वको पार्टी नै आधिकारिक पार्टी हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

अनलाइन र सामाजिक सञ्जाल नियमन गरिने
उनले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्तिकेन्द्रित, अदालत र राष्ट्रपति संस्थामाथि अभिव्यक्ति दिइने गरेको र सामाजिक सञ्जाल र अनलाइनले प्रसारण गरेको भन्दै यसले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालको अभिव्यक्ति आएको बताए ।

स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

सुझावित समाचार