चुनाव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोगको तयारी र पार्टी विभाजनको विवादबारे छलफल गर्न आयोगले प्रधानमन्त्रीलाई बोलाएको थियो । सोहीअनुसार ओली केहीबेरअघि आयोग गएका हुन् ।
प्रधानमन्त्री पुग्नुभन्दा अघि स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ईश्वर पोखरेल, पार्टी कार्यालय सचिव ईश्वरी रिजाल पनि निर्वाचन आयोग पुगेका छन् ।