नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले २८ माघमा काठमाडौंमा गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिएको छ । केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गरेर पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केसरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदले गर्नेछन् ।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।
माइतीघरमा अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।
केसरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् ।
जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्य, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्य गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।