प्रधानमन्त्रीका वकिल भन्छन्– विघटनको अधिकार छ भन्दा बाहिर कुट्लान् जस्तो छ श्रीमान्

आइतबार, २५ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीका निजी वकिल अधिवक्ता रमेश बडालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ भन्दा बाहिर कुटाइ खाने अवस्था हुने बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहस सुरु गर्नुअघि बडालले भने, ‘प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा छ भन्दा बाहिर कुट्लान् जस्तो छ श्रीमान् ।’

उनले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार भएको जिकिर गरे । केही दिनअघि नक्सावाला पुस्तक प्रकाशन गर्न नदिएको भन्दै हल्ला फिँजाएको भन्दै उनले नेपालको क्षेत्रफल फरक पर्न गएकोले प्रकाशन रोक्न लगाइएको जिकिर गरे । 

त्यसपछि उनले बहस सुरु गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई आधा घन्टाको समय दिएका छन् । 

सुझावित समाचार