ईश्वर पोखरेल भन्छन्– आमहडतालमा आगजनी भएको ट्याक्सीको क्षतिपूर्ति हामी दिन्छौँ

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी र चुनाव चिह्न आफूहरूसँगै रहेको दाबी गरेका छन् । ओली समूहले राजधानीमा आयोजना गरेको जनसभामा पोखरेलले भने, ‘कमरेड ओली, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो ।’

उनले आमहडतालको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै आपत्ति जनाए । आमहडतालको क्रममा ट्याक्सीमाथि आगजनी भएको भन्दै पोखरेलले ओली समूहले नेतृत्व गरेको नेकपाले क्षतिपूर्ति दिने बताए ।  

सुझावित समाचार