गाडी चढेर सडकमा आए प्रचण्ड (भिडियोसहित)

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

आफैँले देशव्यापी आमहडतालको आह्वान गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने गाडी चढेर आन्दोलनमा सहभागी हुन सडकमा आएका छन् । 

 बा.१७च ३० ७१ को ल्यान्डक्रुजर गाडी चढेर आमहडताल गराउन ललितपुरको पुल्चाेक पुगेका थिए ।  गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चाेकको बीचसडकमा केही समय पलेँटी कसेर बसे । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागे ।

गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता प्रचण्डले सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता–कार्यकर्ता पनि सहभागी थिए ।

सुझावित समाचार