प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २३ माघमा जनप्रदर्शन, २५ माघमा पुत्लादहन र २८ माघमा मसाल जुलुस गर्ने तया भएको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । 

संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय रूपमै विरोधका कार्यक्रम निर्धारण गरी आन्दोलनलाई निरन्तर जारी राख्ने पनि उनले बताए । 

गत ५ पुसमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जसपा निरन्तर आन्दोलनमा छ । 

जसपाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगनकारी कदम भनेको छ । 
 

सुझावित समाचार