प्रचण्डको दाबी– सामन्ती राजा–रजौटासँगको साँठगाँठमा ओलीले प्रतिनिधिसभा विघटन गरे (भिडियोसहित)

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा–रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आफूनिकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा–रजौटा र निरंकुशतावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । 

उनले देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको इसारामा ठूलो डिजाइनअन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको उनको दाबी गरे । 

प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । 

बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । ओलीले भएभरको शक्ति लगाएर आफूतर्फ तान्ने प्रयास गरेको भए पनि धेरै नेताहरूले अस्वीकार गरेको उनको भनाइ छ ।

प्रतिनिधिसभा पुनस्र्थापना भए ओली पक्षका २० जना नेताहरूले आफूहरूलाई साथ दिने वचन दिएको पनि नेपालले बताए ।
 

सुझावित समाचार