जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी  १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका साढे ५ बजेदेखि आगलागी भएको थियो । चुलोको पाइपबाट आगलागी भएको अनुमान गरिएको छ । अहिले जिल्ला प्रशासन कार्यालयमा विपद्को बैठक बसेको छ ।  बैठकले राहतका सामग्री लिएर घटनास्थल जाने  तयारी गरेको छ ।  चामल, दाल, नुन, लत्ता कपडा लिएर आगलागीस्थल जाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

 आगलागीका कारण ३२ घरधुरीका दुई सय ५६ घरपरिवार प्रभावित भएका छन् ।

सुझावित समाचार