निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न अर्थमन्त्रीको आग्रह (भिडियोसहित)

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् । 

निर्वाचनका लागि खर्च हुँदा स्वाभाविक रूपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उनको भनाइ छ । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने पौडेलको तर्क छ । 

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि पौडेलले बताए । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाइ गलत भएको पनि उनले बताए । 

पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने उनको भनाइ छ ।

सुझावित समाचार