काठमाडौं । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लू राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ।
खरानी–हरियो मेटालिक भेरियन्टको मूल्य पाँच लाख ६४ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो। यससँगै यामाहा एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ। जसले ग्राहकलाई आफ्नो रुचि र व्यक्तित्वअनुसार छनोट गर्ने थप अवसर प्रदान गर्नेछ।
विशिष्ट रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ ले क्लासिक डिजाइनको आकर्षणलाई आधुनिक कार्यसम्पादनसँग जोडेको छ। यसमा भेरियबल भल्ब एक्चुएसन इन्जिन, डेल्टा बक्स फ्रेम, ६–स्पिड ट्रान्समिसन र ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता विशेषताहरू रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबिचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्त्व प्रकाश पारे। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे।