पहिलो टेस्ट : न्युजिल्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानको टोलीलाई रोमाञ्चक ढंगबाट १०१ रनले पराजित गरेको छ ।

न्युजिल्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्युजिन्यान्डले जित्छ भन्ने अन्याेलकै बीच न्युजुल्यान्ड विजयी भएको हो ।

पाकिस्तानका अन्तिम खेलाडीहरू शाहिन अफ्रिदी र नासिम शाहले झन्डै सात घन्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले नासिमलाई ‘कट एन्ड बोल्ड’ गरेर समाप्त पारिदिएका थिए । 

यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौँ विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर, यो जोडीलाई कायले जेमिसनले तोडेका थिए । जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २७१ रन मात्र बनाएको थियो । 

न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जब कि पाकिस्तानी टोली पहिलो इनिङमा २३९ र २७१ रनमा अल आउट भएको थियो ।  जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्युजिल्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल ३ जनवरीदेखि क्राइस्टचर्चमा सुरु हुनेछ । 

सुझावित समाचार