काबुलका डेपुटी गभर्नर मोहेबीको विस्फोटमा परी मृत्यु

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

अफनानिस्तानको राजधानी काबुलका डेपुटी गभर्नर र उनको सुरक्षाकर्मीको विस्फोटमा परेर मृत्यु भएको छ । उनी सवार सवारीसाधनमाथि अज्ञात समूहले बम प्रहार गरेकाे थियाे । 
डेपुटी गभर्नर महबुबउल्लाह मोहेबी उनका निजी सुरक्षाकर्मीसहित मंगलबार यात्रा गरिरहेका थिए । 

अफगानिस्तानको ‘टोलो समाचार’का अनुसार मोहेबी र उनका सुरक्षाकर्मीको विस्फोटमा परी मृत्यु भएको काबुल प्रहरीले जनाएको छ ।  

मोहेबीमाथिको आक्रमण कुनै पनि समूहले दाबी गरेको छैन । गत साता पनि अफगान सरकारका प्रोसिक्युटरको गोली हानी हत्या भएको थियो । मंगलबार नै काबुलमा भएको अर्को गोली प्रहारबाट एक प्रहरीको मृत्यु हुनुको साथै एकजना प्रहरी घाइते भएको काबुल पुलिसका प्रवक्ता फेरदास फारामर्जले बताएका छन् 
 

सुझावित समाचार