गृहमन्त्री थापा भन्छन्– संविधानविराेधी शक्तिहरू सल्बलाए (भिडियोसहित)

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

गृहमन्त्री रामबहादुर थापाले व्यवस्थाविरोधी, संविधानविरोधी र सरकारविरोधी शक्तिहरू सक्रिय भएको बताएका छन् ।  सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधानविरोधी र अहिलेको व्यवस्थाविरोधीहरू सक्रिय भएको बताए । 

उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्षसहित राजावादीहरूसमेत सक्रिय भएको बताए ।

यस्तै सरकारविरोधीहरूले सरकारलाई विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेको पनि बताए । 

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रूपमा सरकारविरोधी प्रदर्शन गरेको बताए । 
तैपनि सरकारलाई कसैले विस्थापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए । 

राजावादीहरू गणतन्त्रलाई विस्थापित गरी राजतन्त्रलाई पुनर्स्थापित गर्न चाहने र विप्लव माओवादीहरू समाजवादी क्रान्ति गर्ने भाषा लिएर अगाडि बढेको बताए । 

पार्टीभित्र देखिएको विरोध स्वाभाविक भएको पनि गृहमन्त्री थापाले बताए । 

पार्टीभित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीँबाटै समस्या समाधान हुने पनि उनले बताए । 

गृहमन्त्री थापाले पार्टी फुट्नेभन्दा पनि थप मजबुत बनेर जाने बताए ।

सुझावित समाचार