भ्रष्टाचारको आरोप खेपेका कम्युनिस्ट नेताहरूमाथि किन मुद्दा लाग्दैन ? : रामचन्द्र पौडेल (भिडियोसहित)

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको आरोप खेपेका कम्युनिस्ट नेताहरूमाथि मुद्दा नलागेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

कांग्रेसले देशैभर आयोजना गरेको विरोध प्रदर्शनअन्तर्गत काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रममा कम्युनिस्टले सर्वसत्तावाद लागू गरेका कारण  यस्तो भएको बताएका हुन् । उनले कम्युनिस्ट सरकारले पक्षपात गरेर कांग्रेसमाथि बर्बर दमनमा उत्रेको बताए ।

उनले अहिलेको सरकारले राज्यको ढुकुटी चरम दुरुपयोग गरेर मनलाग्दी खर्च गरेको आरोप लगाए । 

उनले लोकतन्त्र मास्ने काम हुन थालेको पनि बताए । सत्ताको चरम दुरुपयोग गरेका कारण सडकमा असन्तोषका लहर देखापर्न थालेको उनको भनाइ छ । 

संविधानमा उल्लेखित समावेशितालाई संकटमा पार्न थालिएको विश्लेषण उनको छ ।

सुझावित समाचार