उखु किसानले आफूले बेचेको उखुको मूल्य पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका वेबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले किसानले आफ्नो उत्पादन बढाउन केन्द्रित हुनुपर्ने वेला प्रदर्शनमा उत्रन बाध्य हुनुपर्ने काम राम्रो नभएको बताएका हुन् ।
उनले किसानको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
उनले लेखेका छन्, ‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने वेला माइतीघरमा आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन । तत्काल उखुको मूल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।’
उनले थप लेखेका छन्, ‘किसानलाई आन्दोलनमा होइन खेतमा पठाऊ ।’