प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएअनुसार सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भर्खर बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसद् प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता यस बैठकमा रहेको छ ।
बैठककै सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सर्वदलीय बैठक राख्नुको उद्देश्य राखेका थिए ।
उनले कोरोना महामारी नियन्त्रण, देशमा राजनीतिक रूपमा प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधि तथा हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए ।