बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

बलिउड अभिनेता एवं भारतीय जनता पार्टीका सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । हिमाचल प्रदेशका स्वास्थ्यसचिव अमिताभ अवस्थीले मंगलबार देओललाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले अभिनेता देओल पछिल्लो केही दिनदेखि हिमाचलको कुल्लु जिल्लामा भ्रमण गरिरहेको जानकारी पनि दिएका थिए ।  

भ्रमण सकेर मुम्बई फर्किनुअघि कोभिड परीक्षण गर्दा देओल र उनका साथीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्यसचिवले जानकारी दिएका थिए । 
 

सुझावित समाचार