सञ्चारमन्त्री गुरुङ भन्छन्- मन्त्री पद त्याग्न तयार छु

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै उनले जसरी भए पनि पार्टी एकता बचाउनुपर्ने तर्क गरेका छन् । सरकारको मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेकोसमेत उनको भनाइ छ । 

यस्तो छ मन्त्री गुरुङको स्ट्याटस
कोभिड– १९ का कारण राष्ट्रको सामु चौतर्फी संकट भएको वेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधानविपरीत पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौँ । सत्ता र शक्तिका लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ता आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौँ । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु ।

सुझावित समाचार