नेपाल र गौतमसँगको छलफलमा ओलीले भने- प्रचण्डको प्रस्तावको जवाफ दिन्नँ

आइतबार, ३० कार्तिक, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका छन् । छुट्टाछुट्टै छलफलमा ओलीले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा झुटा आरोप लगाइएकाले आफूले जवाफ दिन उचित नठानेको बताएका छन् ।

उनले प्रचण्डको प्रस्ताव राजनीतिक नभई आफूमाथिको प्रहार भएकोसमेत दाबी गरेका छन् । आफूपक्षीय नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले आइतबार नेपाल र गौतमसँग छलफल गरेका हुन् ।

छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । नेपाल र गौतमले भने बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

सचिवालयको गत बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । सचिवालयको अर्को बैठक ३ मंसिरमा बोलाइएको छ । 

सुझावित समाचार