कर्णालीको हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल निर्माण गरिएको छ ।
फुटसल जुम्लाको सदरमुकाम खलंगा सामुद्रिक सतहदेखि दुई हजार तीन सय ७५ मिटर उचाइमा रहेको छ । कर्णाली प्रदेशकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको हो ।
यहाँका तीनजना व्यक्तिको निजी लगानीमा फुटसल निर्माण गरिएको हो । चन्दननाथ नगरपालिका– ५ कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसलको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।
यहाँका स्थानीय निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुटसल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
फुटसल सञ्चालनक प्रकाश शाहीका अनुसार दुई वर्ष पहिलेको पूर्वतयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई खेलकुद हबका रूपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालन ल्याइएको हो ।
११ महिनाको अवधिमा ९५ लाख लागतमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रबाट चिनाउने उद्देश्यका साथ फुटसल निर्माण गरिएको शाहीको भनाइ छ ।