सुदूरपश्चिमलाई ब्याटिङको चिन्ता

सोमबार, १६ कार्तिक, २०८३
प्रिन्ट संस्करण

साबिक दुईपटकको उपविजेता सुदूरपश्चिमका लागि प्लेअफको आशा बलियो बनाउन चितवन राइनोजविरुद्ध जित निकाल्नुपर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले महत्वपूर्ण खेलमा चितवनको सामना गर्न लागेको हो । चितवनले तेस्रो तथा सुदूरपश्चिमले चौथो खेल खेल्दै छन् । चितवन ३ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम भने २ अंकका साथ छैटौँ स्थानमा छ । 

विराटनगर किंग्स र सुदूरपश्चिमबिचको खेल पाँच ओभरमा खेलाइएको थियो ।विराटनगरको आक्रामक ब्याटिङका अगाडि सुदूरपश्चिमको केही चलेन । लिगमा एक जित निकाल्दा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए ।

तीन खेल खेलिसक्दा उनीबाहेक अन्य ब्याट्सम्यान चल्न सकेका छैनन् । साबिक उपविजेताको ब्याटिङ कमजोर देखिन्छ । पहिलो र तेस्रो खेलमा सुदूरपश्चिमको कमजोर ब्याटिङ प्रदर्शन छ । यस्तोमा चितवनविरुद्ध जित निकाल्न यस क्षेत्रमा सुधार गर्नुपर्नेछ । 
चितवनले एक खेलमा जित निकाल्दा विराटनगरलाई ८ रनले निराश बनाएको थियो ।

लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण सम्भव भएन । उसले १ अंक प्राप्त ग¥यो । चितवनको ब्याटिङ लाइन बलियो छ । डेभिड मालानजस्ता अनुभवी अन्तर्राष्ट्रिय खेलाडीको साथ पाएको चितवनले पावर प्लेमा उत्कृष्ट सुरुवात गर्न सक्छ ।

पहिलो सिजनको नतिजा
चितवन राइनोज १६४/५
सुदूरपश्चिम रोयल्स १३१/१०चितवन ३३ रनले विजयी
दोस्रो सिजनको नतिजा
सुदूरपश्चिम रोयल्स १६९/४
चितवन राइनोज १२०/१०
सु्दूरपश्चिम ४९ रनले विजयी
 

सुझावित समाचार