शिलापत्रलाई काठको टेको दिएर भवन उद्घाटनकाे औपचारिकता पूरा

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

काठको टेकोेमा शिलापत्र अड्याएर कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वास्थ्य सेवा कार्यालय हुम्लाको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

हुम्ला  कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको टोलीसँग  हुम्ला पुगेका प्रमुख कलौनीले बुधबार भवनको उद्घाटन गरेका हुन् ।

प्रदेशका प्रमुखले उद्घाटन गर्ने शिलापत्रलाई कार्यालयको गेटमा काठको टेको  दिएर उद्घाटन गरिएको थियो ।

संघीय सरकारको बजेटमार्फत निर्माण भएको स्वास्थ्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नेबारे मंगलबार बलुका मात्रै प्रदेश प्रमुख जिल्ला आउने जानकारी पाएपछि हतारमा शिलापत्र बनाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दियो ।

शिलापत्र तयार भएपछि शिलापत्र राख्ने ठाउँ भएन । तत्काललाई काठको टेकाेमा शिलापत्र ठड्याएर भवन उद्घाटनको औपचारिकता पूरा गरेको स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीले बताए । 

भवन डिभिजन कार्यालय जुम्लाका अनुसार नया भवन संघीय सरकारको दुई करोड ९७ लाख ९१ हजार सा सय २२ रुपैयाँ ८९ पैसाको लागतमा सम्पन्न भएको हो । 

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताए । 

सामाजिक विकासमन्त्री रावलले अबको दुई वर्षभित्र हुम्लाको २५ शय्याको अस्पताललाई ५० शय्या पुर्याउने बताए । 

See More On

सुझावित समाचार