राप्रपा जनसंघर्षमा जाने

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

राप्रपाका अध्यक्षत्रयको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता र बढ्दो भ्रष्टाचारको विरोधमा जनसंघर्ष गर्ने तयारी गरेको छ ।

पार्टी अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच मंगलबार बुढानीलकण्ठमा बसेको बैठकले सरकार कोरोना नियन्त्रणमा असफल भएको र भ्रष्टाचारका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल गरेका हुन् ।

पार्टीका सचिवालय सदस्य राजाराम बर्ताैलाले बैठकमा देशको राजनीतिक अवस्था, पार्टी संगठनबारे समीक्षा भएको बताए । बैठकमा स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने सहमति भएको उनले बताए । 

See More On

सुझावित समाचार