कोरोनाबाट विश्वमा १२ लाख ५० हजारको निधन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसबाट हालसम्म विश्वमा १२ लाख ५० हजारभन्दा बढीको निधन भएको छ । जोन्स हप्किङ विश्वविद्यायलले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म १२ लाख ५० हजार चार सय ९० जनाको निधन भएको छ ।  

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म चार करोड ९८ लाख ३५ हजार आठ सय ४७ व्यक्ति संक्रमित  भइसकेका छन् । तीमध्ये तीन करोड ५५ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । 

काेराेनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । यहाँ कोरोना भाइरसबाट दुई लाख ३७ हजार एक सय १३ जनको मृत्यु भएको छ । अमेरिकामा ९८ लाख ६० हजार  नाै सय ५८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा एक लाख ६२ हजार दुई सय ६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार पाँच सय ६१ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा एक लाख २६ हजार एक सय २१ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख सात हजार सात सय ५४ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार आठ सय आठजनाको मृत्यु भएको छ भने नाै लाख ६१ हजार एक सय ३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार नाे सय ७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार सात सय ७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित भए भने चार हजार सात सय ४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

सुझावित समाचार