जनताको गुनासो सुन्न पर्यटनमन्त्री गृहजिल्लामा, जलविद्युत् आयोजनाको निरीक्षण

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अनुगमन गरेका छन् ।  जनताको गुनासो सुन्न शुक्रबारदेखि गृहजिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले शनिबार आयोजनाको अनुगमन गरेका हुन् 

जिल्लाको फुङलिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निर्माणाधीनमध्ये तमोर आयोजनामा करिब दुई हजार दुई सय मिटर लामो सुरुङमार्ग बनिसकेको छ । 

आयोजनाको तीन हजार चार सय  मिटर लामो सुरुङ निर्माण हुने आयोजनाका व्यवस्थापक मणिराज पोख्रेलले बताए ।  सो निर्माण हुने सुरुङमध्ये दुई हजार दुई सय मिटर पूरा भएको तमोर जलविद्युत् आयोजनाका व्यवस्थापक पोख्रेलले जानकारी दिए । 


आयोजनाको एक हजार दुई सय मिटर सुरुङमार्ग बन्न बाँकी छ । ७३ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको टनेलको काम ४० प्रतिशत सकिएको पोखरेलले जानकारी गराए । लकडाउनबीच पनि निरन्तर काम भएकोले प्रगति भएको आयोजनाले जनाएको छ । 


आइसिटी प्रयोगशालाको उद्घाटन

मन्त्री भट्टराईले हिमाली जिल्ला ताप्लेजुङको सिवा माध्यमिक विद्यालयको आइसिटी प्रयोगशालाको उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्री भट्टराईले विद्यार्थी तथा शिक्षकलाई अध्ययन तथा अध्यापन गराउन यस ल्याबले सहज हुन बताए । उनले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर आउने र शिक्षालाई गुणस्तरीय बनाउन पहल गरिने बताए । 

विद्यार्थीलाई आधुनिक तरिकाबाट अध्ययन-अध्यापन गराउने उदेश्यले प्रविधियुक्त ल्यावको स्थापना गरिएको हो । मन्त्री भट्टराई कै पहलमा मन्त्रालयको एक करोडको सहयोगमा ल्याबको स्थापना गरिएको सिंवा मा.वि.का प्रधानाध्यपक ओमनाथ गौतमले बताए । 

सुझावित समाचार