कपडा गोदाममा आगाे लाग्दा आठको मृत्यु, ६ गम्भीर घाइते

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ ।

अहमदाबादको नानुकाकामा रहेको एउटा कपडा गोदाममा आगो लागेपछि भवनको पर्खालमुनि किचिएर ६ जनाको मृत्यु भएको आजतकले जनाएको छ । घटनामा अन्य दुईजनाको समेत मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोदामको छिमेकमा रहेको एउटा घरमा विस्फाेट भएपछि आगो लागेको थियो । घटनामा ६ जनालाई जोगाउन सफल भएको समाचारमा उल्लेख छ । घाइतेहरूको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

तस्बिर : आजतक

सुझावित समाचार