दराजले तेस्रोपटक ११.११ मेला आयोजना गर्दै

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

अनलाइन सपिङ बजार दराजले तेस्रो वर्ष पनि नोभेम्बर ११ का दिन ११.११ को सेल मेला आयोजना गर्न लागेको छ । कम्पनीले बिक्री गर्दै आएका ५ लाखभन्दा बढी उत्पादनमा विशेष छुटसहितको मेला आयोजना गर्न लागेको हो । 

कात्तिक २६ गते पर्ने नोभेम्बर ११ मा सेल मेलाका लागि तयारी भइरहेको कम्पनीले जनाएको छ । अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वका धेरै देशहरूमा मनाइने कम्पनीको दाबी छ ।

११.११ मा ग्राहकले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरू र अन्यमार्फत यो मेलामा आकर्षण प्रदान गरिने कम्पनीको दाबी छ । यसका लागि ६ हजारभन्दा बढी विक्रेता र १ सय ६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरूले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरूमा धेरैभन्दा धेरै छुट दिइने कम्पनीले जनाएको छ ।  

यस वर्षको ११.११ सेलमा ग्राहकले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

यसका लागि नबिल बैंक, एनआइसी एसिया, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य हुने जानकारी दिइएको छ । यस छुटको लाभ लिन ग्राहकले आफ्नो बैंक कार्डमार्फत अनलाइन सपिङ गर्न मिल्ने हुनुपर्ने जनाइएको छ । अनलाइन सपिङ गर्न नमिल्ने कार्डधारकले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्ने जनाइएको छ । 

 विभिन्न खेल र उपहार 
११.११ मा ग्राहकले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टू कार्ट एन्ड विन’, ‘मिसन ११.११’ र ‘डिएफजी लुडो प्रतियोगिता’जस्ता खेलमा भाग लिएर पुरस्कारहरू जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ ।

दराज वन रुपैयाँ गेममा ग्राहकले महँगा सामानहरू जम्मा १ रुपैयाँमा जित्न सक्ने, एड टू कार्ट एन्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्ने तथा लुडो प्रतियोगितामा थप पुरस्कारसहित १५ हजार रुपैयाँ जित्न सक्ने जनाइएको छ । त्यस्तै, ग्राहकले त्यस दिन सपिङ गर्दा ८ लाख रुपैयाँबराबरको नयाँ टिभिएस अपाचे आरआर ३१० पनि जित्न सक्ने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार