पोल्यान्डका राष्ट्रपति डुडालाई कोरोना स‌ंक्रमण

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

पोल्यान्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति डुडालाई संक्रमण भएको उनका प्रवक्ता ब्लाजेज स्पाइचाल्सीले शनिबार जानकारी गराएका छन् । 

प्रवक्ता स्पाइचाल्स्कीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड– १९ को संक्रमण पुष्टि भएको हो ।  संक्रमणपछि डुडा र उनको कार्यालयका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । 

 पोल्यान्डमा दुई लाख ४१ हजार नौ सय ४६ व्यक्तिमा संक्रमण देखिएको छ । अहिलेसम्म चार हजार तीन सय ५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

सुझावित समाचार