भारतमा कोरोना संक्रमण दरमा कमी

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीहरूले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको बताएका छन् ।

केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो । भारतमा एकैदिनमा संक्रमित भएकाको संख्यामध्ये सबैभन्दा धेरै गत १७ सेप्टेम्बरमा ९७ हजार आठ सय ९४ पुगेको थियो ।  अहिले भारतमा कुल संक्रमितको संख्या ७१ लाख ७५ हजार आठ सय ८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण ५५ हजार तीन सय ४२ जना संक्रमित भएका छन् भने सात सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख नौ हजार आठ सय ५६ पुगेको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामा नै रहेकाहरूको कुल संख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार भारतमा अहिले आठ लाख ३८ हजार सात सय ३९ जना संक्रमित अवस्थामा नै रहेका छन् । भारतमा कुल संक्रमितमध्ये मृत्यु भएकाहरूको दर १ दशमदब ५३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार