यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित देश

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार जानकारी दिएको छ ।

पेसा–व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजारभन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट एक लाख सात हजार चार सय ५० जनाको मृत्यु भइसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजारभन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार  दुई सय ५७ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
 
कोलम्बियामा आठ लाख ९४ हजार तीन सयजना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार चार सय ९५ जनाको मृत्यु भएको छ । स्पेनमा आठ लाख ९० हजार तीन सय ८१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार नाै सय २९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना आठ लाख ७१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार दुई सय ५० जनाको मृत्यु भएको छ । पेरुमा आठ लाख ४३ हजार तीन सय ५५ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार एक सय ५८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा आठ लाख नाै हजार सात सय ५१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार पाँच सय सातजनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार नाै सय ७७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार तीन सय ५२ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने १७ हजार पाँच सय ४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार आठ सय २६ जना पुगेको छ । 

यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ  । कुल संक्रमितमध्ये दुई करोड ७९ लाख दुई हजारभन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ । 

सुझावित समाचार