लालु यादवले पाए जमानत, बिहारको चुनावी राजनीतिमा तरंग

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित नेता लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । 

चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ । 

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ। 

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्नेछ । 

यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौँदेखि राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् । 

यादव सन् २०१७ को डिसेम्बरदेखि जेलजीवन बिराइरहेका छन् । उनले भारतीय फौजदारी संहिताबमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । 

यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ । 

सुझावित समाचार