कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना

बुधबार, २० असोज, २०७७
डिजिटल संस्करण

कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमबार स्वाब पिसिआर परीक्षणका लागि पठाएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिएका छन् । आचार्यले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत संक्रमणको जानकारी दिएका हुन् ।

‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौँ । हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो,’ आचार्यले फेसबुकमा लेखेका छन् । उनले दुवैको अवस्था सामान्य रहेको उल्लेख गर्दै आफूहरूसँग सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा रहन र परीक्षण गर्न अनुरोध गरेका छन् ।

यसअघि ‘भद्रगोल’का हास्य कलाकार सुवास कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । लन्डनमा रहँदै आएका विलासे कोरोनामुक्त भइसकेका छन् । यस्तै, गायिका रजिना रिमालले पनि आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।
 

सुझावित समाचार