कंगोमा अधिकृतबाट कुटिए सैनिक जवान, सेनाद्वारा छानबिन टोली गठन

आइतबार, १० असोज, २०७७
डिजिटल संस्करण

कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीनजना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ ।

कंगोस्थित नेपाली सेनाको ब्यारेकमा ८ असोजमा सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट भएको थियो । घटनामा संलग्न भएको भनिएका सहसेनानीत्रय सुवास हुमागाईँ, योगेन्द्र धिताल र इन्द्र थापामाथि छानबिन थालिएको हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने, ‘कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादाविपरीत भएको घटनामा संलग्न सबै जवान र अधिकृतमाथि नियमानुसार ज्येष्ठ सेनानीको नेतृत्वमा छानबिन प्रक्रिया (कोर्टमार्सल सुरु गरिएको छ ।’ कंगोमा एउटा गण, एक इन्जिनियरिङ कम्पनी, १२ जना स्टाफ अफिसर र ११ जना सैनिक पर्यवेक्षक गरी सेनाका आठ सय ९८ जना कार्यरत छन् ।

सुझावित समाचार