बाग्लुङको निसीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । निसीखोला गाउँपालिका– ६ निसी भल्कोटमा  भल्कोट खोलाले बगाउँदा साता वर्षीया एक बालिका  बेपत्ता भएकी हुन् ।  

स्थानीय ‘रासे’ भनिने राजीव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मंगलबार साँझ भल्कोट खोला किनारमा खेल्दै गर्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

घटनाबारे प्रहरीले बुधबार बिहान ८:३० बजे मात्र जानकारी प्राप्त गरेको थियो । खबर प्राप्त भएसँगै प्रहरी र स्थानीय मिलेर बालिकाको खोजीकार्य जारी राखेको डिएसपी रेग्मीले बताए । 

घरदेखि करिब २० मिटर दूरीमा रहेको भल्कोट खोला किनारमा साँझ ५ बजेको समयमा खेलिरहेकी बालिकालाई खोलाको वहाव अचानक वृद्धि हुँदा बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
 

सुझावित समाचार