विश्वमा दुई करोड ५६ लाख ३८ हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार सात सय ७५ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमितमध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार नाै सय ११ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार पाँच सय ४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६१ हजार एक सय ५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्ल्युएचओद्वारा प्रकाशित तथ्यांक रहेका छन् ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार सात सय ९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८७ हजार सात सय ३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ३९ लाख १० हजार नाै सय एकजना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख २१ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार एक सय ६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६५ हजार चार सय ३५ जनाको मृत्यु भएको छ ।
रुस नाै लाख ९५ हजार तीन सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार एक सय ७६ जनाको मृत्यु भएको छ । पेरूमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार नाै सय ४४ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार एक सय ४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार एक ६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा पाँच लाख ९९ हजार पाँच सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार चार सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ६२ हजार आठ सय ५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना चार लाख १७ हजार सात सय ३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने आठ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । रासस (एएफपी)