जंगली हात्तीको आक्रमणबाट उदयपुरमा वृद्धको मृत्यु

बिहिबार, १० मंसिर, २०८३
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका–६, सुकुम्लामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। बिहीबार दिउँसो जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ७५ वर्षीय रणध्वज राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार घरनजिकै आएको हात्तीले राईमाथि आक्रमण गरेको प्रारम्भिक जानकारी आएको छ। ‘घटनास्थलमा प्रहरी टोली जाँदै छ । टोली पुगेपछि थप विवरण प्राप्त हुनेछ,’ उनले भने।

सुझावित समाचार