अफलाइन सामान डेलिभरी गरिदिने भन्दै सामान लिएर फरार

बिहिबार, १० मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । काठमाडौंमा अफलाइन राइड सेयरिङबाट सामान डेलिभरी गरिदिने भन्दै सामान लिएर फरार भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

नयाँ बसपार्क क्षेत्रमा उपत्यकाबाहिरबाट आएका यात्रुहरूलाई अफलाइन सामान डेलिभरी गरिदिन्छु भनी सामान लिई फरार भएको आरोपमा प्रहरीले तनहुँको ब्यास– ११ घर भई काठमाडौं बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेललाई पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त माहाराजगन्जबाट खटिएको प्रहरी टोलीले पोखरेललाई बा.६३प ८३४३ नम्बरको स्कुटरसहित बिहीबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

सुझावित समाचार