बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

बिहिबार, १० मंसिर, २०८३
डिजिटल संस्करण

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका– १०, सिगाडामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्।

बुधबार बिहान करिब ९ बजे घोडाधपाउनेस्थित घाँसेमेलामा घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गर्दा ५५ वर्षीया खन्टी साउद र ३५ वर्षीया वसु साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आक्रमणबाट खन्टीको बायाँ हात र वसुको दुवै खुट्टामा चोट लागेको छ। दुवैजनालाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार