राज्यको परराष्ट्र नीतिमा एक इन्च दायाँबायाँ हुँदैन : रास्वपा महामन्त्री

आइतबार, २९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सत्तारूढ दल रास्वपाका महामन्त्री विपिन आचार्यले पार्टीले राज्यको परराष्ट्र नीतिमा कुनै परिवर्तन नगर्ने बताएका छन्। आइतबारदेखि १० दिने चीन भ्रमणमा जाने क्रममा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै आचार्यले यस्तो बताएका हुन्।

‘कूटनीति, विदेश नीतिको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नीतिभन्दा पनि राज्यको नीति जे हुन्छ त्यसलाई नै आफ्नो नीति मान्दै आएको छ र मान्ने कुरामा प्रस्ट छ,’ उनले भने।

राज्यको विदेश नीतिलाई नै रास्वपाले आफ्नो नीति मान्ने प्रस्ट पार्दै उनले थपे, ‘हामी त्यसमा हिजो पनि अडिग थियौँ, आज पनि अडिग छौँ र भविष्यमा पनि एक इन्च दायाँबायाँ हुन नदिने प्रयत्न सधैँ रहन्छ।’

सुझावित समाचार