एमाले केन्द्रीय कार्यालयमा सिसिक्यामेरासहित भूतपूर्व सैनिक–प्रहरीले दिँदै छन् सुरक्षा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।

कार्यालयपरिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सिसिटिभी) जडान गरी निगरानीसमेत बढाएको छ ।

०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालयपरिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ ।

सुझावित समाचार