शुक्रबारदेखि तीन दिन देशभर किन पर्दै छ ठुलो पानी ?

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण
शुक्रबारदेखि तीन दिन देशभर किन पर्दै छ ठुलो पानी ?

रोजन लामिछाने, मौसमविद्,मौसम पूर्वानुमान महाशाखा

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र झन् शक्तिशाली बन्दै 

मनसुनको उत्तरार्द्धतिर आइपुग्दा शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ । नेपाल मौसम विज्ञान विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही ठाउँमा भीषणदेखि अत्यधिक वर्षाको समेत चेतावनी दिएको छ । शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर गर्ने देखिन्छ, त्यहाँ भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ ।

किन पर्दै छ ठुलो पानी ?

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको छ । यो प्रणाली बिस्तारै क्रमिक रूपमा पश्चिम–उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ । त्यसको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा बढी भित्रिने भएकाले नेपालको भूभागमा पानी पर्ने सम्भावना बढेको हो ।

यो न्यूनचापीय क्षेत्र भारततर्फ ल्यान्डफल गरिसकेपछि पनि उत्तरतर्फ सर्ने क्रममा रहनेछ । त्यस क्रममा यसले थप जलवाष्प बोकेर नेपालतर्फ ल्याउने भएकाले शुक्रबारदेखि आइतबार देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहने देखिन्छ ।

अहिले हामी यही प्रणालीलाई निरन्तर मनिटर गरिरहेका छौँ । आगामी दिनमा कहाँ र कति पानी पर्न सक्छ भन्ने विषयमा थप विश्लेषण गरेर पूर्वानुमान सार्वजनिक गर्दै जानेछौँ । अहिले प्रणाली विकसित भइसके पनि यसको प्रभाव सबै ठाउँमा समान छैन । शुक्रबारबाट भने यो प्रणालीका कारण पानी पर्न सक्ने देखिन्छ ।

See More On

सुझावित समाचार