एमालेबाट जितेर रास्वपा छिरेका विजयनगरका उपाध्यक्ष र वडाध्यक्षको पद गुम्ने जोखिम

कारबाहीका लागि केन्द्रमा सिफारिस

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

जनताको मत एकातिर, जनप्रतिनिधिको बाटो अर्कातिर भएकाे  भन्दै  नेकपा एमाले कपिलवस्तुले पार्टी छाड्ने दुई जनप्रतिनिधिमाथि कडा कदम चालेको छ । गत भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानलाई एमालेले पार्टीबाट निष्कासन गर्दै जनप्रतिनिधिको पदबाट समेत पदमुक्त गर्न पार्टी केन्द्रीय कमिटीमा औपचारिक सिफारिस गरेको बताएको छ। 

एमाले जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनालका अनुसार, सूर्य चिह्नबाट चुनाव जितेर अर्कै दलमा प्रवेश गरेपछि राजनीतिक तथा कानुनी रूपमा उनीहरू सो पदमा बहाल रहन अयोग्य भएकाले यो निर्णय लिइएको बताएका छन् । एमालेको यो सिफारिससँगै दुवै जनप्रतिनिधिको पद धरापमा परेको छ भने कपिलवस्तुको स्थानीय राजनीतिमा समेत नयाँ तरंग पैदा भएको छ ।

सुझावित समाचार