इतिहासमा आज : सेप्टेम्बर १३

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण
इतिहासमा आज : सेप्टेम्बर १३

सन् १९४० : दोस्रो विश्वयुद्धका क्रममा जर्मन लडाकु विमानले बकिंघम दरबारमाथि बमबारी गर्‍यो ।

सन् १५०० : पेड्रो अलभारेज क्याब्रल नेतृत्वको पोर्चुगिज नाविक अभियान भारतको कालिकुट पुग्यो । भास्को डी गामाले भारत जाने नयाँ समुद्री बाटो खुलाएपछिको पहिलो समुद्री अभियानको नेतृत्व गर्न क्याब्रल चुनिएका थिए ।
सन् १५०१ :  माइकेलान्जेलोले पुनर्जागरणकालको अद्वितीय कलाकृति मानिने ‘डेभिड’को प्रस्तर मूर्ति निर्माण सुरु गरे ।
सन् १८४५ :  अंग्रेज रसायनशास्त्री माइकल फाराडेले ‘पोलाराइज्ड’ प्रकाशमाथि पर्ने चुम्बकीय क्षेत्रको प्रभाव पत्ता लगाए । 
सन् १९२२ :  लिबियाको ‘अल अजिजिया’ भन्ने ठाउँमा ५८ डिग्री सेल्सियसको तापमान भएको भनियो । तथापि, सन् २०१२ मा विश्व जलवायु संगठनले यस मापनलाई गलत ठहर गरिदियो । संगठनका अनुसार विश्वको सही उच्च तापक्रम सन् १९१३ जुलाई १० को दिन मापन गरिएको थियो । सो दिन क्यालिफोर्निया राज्यका डेथ भ्यालीको क्रिक ¥यान्चमा ५६.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
सन् १९२३ :  स्पेनका जनरल मिगेल प्राइमो डी रिभेरा देशका राजा अलफोन्सो तेह्रौँको सहयोगमा सैन्य कुमार्फत नयाँ प्रधानमन्त्री बने ।
सन् १९५९ :  सोभियत संघले पठाएको अन्तरिक्षयान लुना–२ चन्द्र धरातलमा अवतरण ग¥यो । यसले पहिलो मानवनिर्मित यान पृथ्वीबाहेकको अन्य अन्तरिक्ष वस्तु छुने रेकर्ड बनाएको थियो ।
सन् १९७१ :  दुई दिनअघि बितेका पूर्वसोभियत नेता निकिता ख्रुस्चेवको (कार्यकाल सन् १९५३–१९६४) अन्तिम संस्कार सम्पन्न गरियो ।
सन् १९८५ :  सिगेरु मियामोतोले विकास गरेको ‘सुपर मारियो ब्रोज’ नामक भिडियो गेम पहिलोपटक सार्वजनिक गरियो ।
सन् १९८९ :  पादरी डेसमन्ड टुटुको नेतृत्वमा रंगभेदविरोधी आन्दोलनको इतिहासकै सबैभन्दा ठुलो विरोध ¥याली निस्कियो । 
सन् १९९३ :  नर्वेको मध्यस्थतामा भएको इजरायल–प्यालेस्टाइनबिचको शान्ति सम्झौता ‘ओस्लो एकर्ड’ सार्वजनिक गरियो । 

सुझावित समाचार